११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

समाचार

त्रियुगा नगरपालिकाद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने

उदयपुर असार १६ — त्रियुगा नगरपालिकाले यहि असार १७ गतेदेखि २० गतेसम्म कोभिड–१९ विरुद्धको फायजर  खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा शाखाको समन्वयमा सञ्चालन हुने उक्त अभियानमार्फत नगर क्षेत्रभित्रका नागरिकहरूलाई लक्षित गरी खोप प्रदान गर्न लागेको हो । १२ वर्षभन्दा माथिका सबै नागरिकहरूलाई खोप दिने कार्यक्रम तय गरिएको छ भने गर्भवती महिला, सुत्केरी […]

उदयपुर, असार १५ – त्रियुगा नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ भव्य रूपमा मनाएको छ। नगरपालिकाको वडा नं। ४ स्थित बगाहामा विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो। कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा धान रोपेर गर्नुभयो। […]

उदयपुर १५ असार २०८२,— ‘सिप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ त्रियुगा नगरपालिकाले आयोजना गरेको सीपमूलक ५२ दिने तालिम कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम त्रियुगा नगरपालिका सभाहलमा आयोजना गरिएको थियो। स्वरोजगारमूलक उदेश्यसहित सञ्चालन गरिएको तालिममा सहभागीहरुले आधारभूत सिलाइ कटाइ, ब्युटिसियन, तथा ढाका र खादी कपडा उत्पादन सम्बन्धी सीपहरू सिकेका […]

बेलका, उदयपुर १४ असार – बेलका नगरपालिकाको इतिहासमै पहिलोपटक आयोजित विज्ञान प्रदर्शनी कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिका स्तरीय यस विज्ञान प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास र अनुसन्धानतर्फको अभिरुचिलाई उजागर गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा आयोजित उक्त कार्यक्रम जनता नमुना माध्यमिक विद्यालय गुरुङ्गचौरीको प्रांगणमा सम्पन्न भएको […]

उदयपुर — बेलका नगरपालिका–८ स्थित कोशी माविमा सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण हेक्वा, उदयपुरको आयोजनामा सञ्चालित सामुदायिक विपद् स्वयंसेवक तालिम असार १३ गते सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमअनुसार सञ्चालित उक्त तालिम बेलका नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। जेष्ठ २३ गतेदेखि […]

उदयपुर — कटारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर गिता खड्काले १५औं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो। संघ र प्रदेश सरकारबाट अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मालपोत आयसमेत गरी बजेट विनियोजन गरिएको हो। चालु तथा विविध कार्यक्रमका […]

उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो । नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा […]

उदयपुर, असार  १४ – उदयपुगढी गाउँपालिकामा खेलकुदको प्रवर्द्धन तथा समुदायबीचको एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकास्तरीय महिला–पुरुष व्याडमिन्टन प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले एक विशेष समारोहबीच गर्नुभयो। प्रतियोगिता वडा नं। ६ नेपालटारस्थित नवनिर्मित व्याडमिन्टन हलमा […]

उदयपुर, असार १२ -सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन, चाँदी र बहुमूल्य पत्थरमा कर वृद्धि गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्। सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा गाईघाट, कटारी, बेल्टार, रामपुरलगायत प्रमुख बजार क्षेत्रका व्यवसायीहरूले (भोलि) शुक्रबार आ-आफ्ना पसल पूर्ण रूपमा बन्द गरेर शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने निर्णय […]

उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङडाँडा हालसालै  पर्यटनको नयाँ केन्द्रको रूपमा परिचित बन्दै गएको छ। तीन वर्षअघि स्थापना गरिएको फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्राइभेट लिमिटेड मार्फत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण दिइन थालेपछि यहाँको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। स्कुलले १५ दिने प्याराग्लाइडिङ प्रशिक्षणमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उडानसम्बन्धी सिप प्रदान गर्दै आएको छ। प्रशिक्षक सुरेन गुरुङका […]