२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

वडा अध्यक्ष मनोज चौधरीको पहलमा जोगीदह पोखरीमा माछाको भुरा व्यवस्थापन

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १७, २०८२

उदयपुर १७ असार – माछापालन प्रवर्द्धन गर्ने उद्देश्यले त्रियुगा नगरपालिका वडा नं। १ तथा २ को समन्वयमा राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी, ललितपुरबाट ल्याइएको माछाको भुरा पुराना जोगीदह स्थित पोखरीहरूमा निःशुल्क रूपमा वितरण गरिएको छ।

वडा नं। १ का अध्यक्ष मनोज चौधरी तथा समाजसेवी भुपधोज बस्नेतको अगुवाइमा सम्पन्न कार्यक्रममा अनुसन्धान केन्द्रका प्रमुख श्री किशोर लामिछानेको विशेष उपस्थितिमा माछाको भुरा हस्तान्तरण गरेको हो ।

केन्द्रबाट प्राप्त प्राविधिक प्रतिवेदन र ल्याब परीक्षणपछि दुईवटा पोखरीमा २६,२०० पिस माछाको भुरा सञ्चय गरिएको हो। यो कार्य त्रियुगा नगरपालिकाको कृषि तथा मत्स्य विकास योजनासँग अभिसारित रूपमा अगाडि बढाइएको बताइएको छ।

अध्यक्ष मनोज चौधरीले यस पहलले स्थानीय युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादनमूलक कार्यमा लगानी बढाउने र दीर्घकालीन रूपमा माछापालनलाई व्यवसायिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

स्थानिय तह, अनुसन्धान केन्द्र र समुदायको सहकार्यमा सम्पन्न यो कार्यले अन्य वडाहरूमा समेत मत्स्य व्यवसायको सम्भावनालाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]