११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

समाचार

भोजको खाना खाँदा झाडापखाला र बान्ता, २७ जना बिरामी

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]

उदयपुर साउन १३— अबदेखि उदयपुरमा नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य रुपमा समावेश गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, गाईघाटले सूचना जारी गर्दै जिल्लाका सबै आठ स्थानीय तहलाई सिफारिस पठाउँदा आमाको नाम अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा हस्ताक्षरित सूचनामा नागरिकता नियमावली, २०६३ अनुसार आमाको विवरण नआएको भन्दै […]

साउन १३ -उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार क्षेत्रमा स्थानीय बासिन्दाहरूका लागि सामान ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले घिर्नी (केबुल ट्रली) जडान गरिएको छ। सुनकोशी नदी पार गर्दै दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म ओसारपसार गर्नुपर्दा स्थानीयहरू निकै सास्ती बेहोर्दै आएका थिए। पुल नहुँदा जोखिमपूर्ण डुंगा यात्रा र लामो परिक्रमाबाट […]

उदयपुर साउन १३– आज नेपाली समाजमा पुरानो धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व नाग पञ्चमी देशभर श्रद्धापूर्वक मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आजको दिन घरको मुख्य मूलढोका, भित्तो वा पूजाकोठामा नागको चित्र बनाई पूजन गरिन्छ। कतिपय ठाउँमा नागको मूर्ति वा चित्र टाँसी दूध, दुबो, अक्षता, फूल, र जौको सिडा लगायतका […]

उदयपुर साउन ५ – त्रियुगा नगरपालिकाले पर्यटकीय क्षेत्रको विविधीकरण गर्दै हावाबाटको साहसिक खेल प्याराग्लाइडिङलाई नयाँ सम्भावना र आकर्षणको केन्द्रको रूपमा विकास गर्ने योजना अघि बढाएको छ। नगरप्रमुख बसन्त कुमार बस्नेत को नेतृत्वमा हालै त्रियुगा नगर क्षेत्रभित्रको राते डाँडा क्षेत्रमा प्याराग्लाइडिङका सम्भावनाबारे प्रारम्भिक अध्ययन र अवलोकन भ्रमण गरिएको हो।भूगोल र दृश्यावलोकनको दृष्टिले अत्यन्त आकर्षक र उपयुक्त […]

उदयपुर साउन ५ – साउन महिनाको पहिलो सोमबारको अवसरमा त्रियुगा नगरपालिका–११,  ढिम्की स्थित  इन्द्रेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। बिहान ५  बजेदेखि नै दर्शनार्थीहरूको लहर सुरु भएको थियो। साउन महिनाका सोमबारहरू भगवान् शिवको विशेष दिन मानिन्छ। यसै कारण आज उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो। त्रियुगा बसपार्कस्थित […]

उदयपुर, साउन ४ – त्रियुगा नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक चुरे मन्दिर परिसरमा वाईसियल नेपाल जिल्ला समन्वय समितिको आयोजनामा तथा नेकपा (माओवादी केन्द्र) त्रियुगा–६ वडा पार्टी समिति‍को सहकार्यमा सरसफाइ तथा फूलको बिरुवा रोपण कार्यक्रम सनिवार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मन्दिर परिसरको वातावरणीय संरक्षण र सौन्दर्यकरणका लागि फूलका विभिन्न जातका बिरुवाहरू रोपिएको थियो। […]