११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

चार दिनमै दोस्रो दुर्घटना : मालबाहक गाडीको ठक्करले वृद्धको मृत्यु

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन २१, २०८२

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ।

उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक गाडीले स्थानीय ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेको उपचारका लागि तत्काल अस्पताल पठाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो। “ब्ल्याक स्पटको रूपमा चिनिएको यस खण्डमा फेरि मानवीय क्षति भएको छ,” एसपी योगीले भन्नुभयो, “विस्तृत विवरण संकलनको काम जारी छ।”

चार दिनअघि मात्र यही सडकखण्डमा मालवाहक ट्रक पल्टिँदा चालक ३५ वर्षीय जीवन वि.क. को ज्यान गएको थियो। प्रदेश नं. १–०२–००१ ख ९२६० नम्बरको ट्रक साउन १५ गते दुर्घटनाग्रस्त भएको थियो।स्थानियवासीहरूले पटक–पटक दुर्घटना हुँदा पनि सडक सुधार तथा ट्राफिक सुरक्षातर्फ सम्बन्धित निकायको बेवास्ता रहेको गुनासो गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]