११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

त्रियुगा नगरपालिकाद्वारा विद्युतीय च्यापकटर वितरण

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ १८, २०८२

उदयपुर १८ असार -त्रियुगा नगरपालिकाले कृषकहरूलाई आधुनिक प्रविधिमा आधारित व्यवसायिक पशुपालनमा प्रोत्साहित गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चालेको छ। बुधबार एक विशेष समारोहबीच नगरपालिकाले १० जना स्थानीय किसानहरूलाई विद्युतीय च्यापकटर मेसिन वितरण गरेको हो।

नगरपालिकाका अनुसार,च्यापकटर मेसिनको कुल लागतको ७५ प्रतिशत खर्च नगरपालिकाले अनुदान स्वरूप व्यहोरेको हो। यस प्रविधिले कृषकहरूलाई घाँस काट्ने काममा सहजता प्रदान गर्नुका साथै समय र श्रमको उल्लेखनीय बचत गर्ने विश्वास गरिएको छ। साथै,राम्ररी च्यापिएको घाँसले पशुपालनमा पोषणको गुणस्तर पनि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार बस्नेतले भने,“हामी कृषकहरूलाई आत्मनिर्भर र प्रविधिमैत्री बनाउन चाहन्छौं। यस्ता उपकरणहरूले उनीहरूलाई पशुपालनमा थप सहजता, समयबचत र उत्पादनमुखीता प्रदान गर्नेछन्।”

सो समारोहमा उपप्रमुख महेश्वरी राई, पशु शाखा प्रमुख इन्द्रनारायण चौधरी,शाखाका कर्मचारीहरू,र स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।नगरपालिकाले देखाएको यो पहलले नगरभित्रको कृषि क्षेत्रलाई प्रविधिमा आधारित बनाउँदै समग्र विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]