१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

स्थानीय पर्यटन प्रवर्द्धनतर्फ त्रियुगाको कदम : कायक हस्तान्तरण कार्यक्रम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, आषाढ १८, २०८२

उदयपुर १८ असार जल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले उल्लेखनीय पहल थालेको छ। नगरपालिकाको लगानी र होटल तथा पर्यटन व्यवसायी संघको सहकार्यमा वडा नं। १४ र १५ का ९ जना युवाहरूलाई कायाकिङ तथा र्‍याफ्टिङको लेभल–२ सम्मको दक्षता तालिम प्रदान गरि युवाहरूलाई नगरपालिकाले २ वटा आधुनिक कायकसमेत प्रदान गरेको छ।

नगरपालिकाले आगामी दिनमा थप युवाहरूलाई तालिम दिने र र्‍याफ्टिङ जस्ता साहसिक जलक्रियाकलापलाई व्यवस्थित गर्दै जल पर्यटनलाई दिगो रुपमा विस्तार गर्ने योजना संगै तालिम सम्पन्न गरेका ती युवाहरूलाई  अब व्यावसायिक तथा पर्यटकीय उद्देश्यले सुनकोशी नदीमा कायकिङ र र्‍याफ्टिङ सेवा सञ्चालन गर्ने तयारी गरेका छन्।

नगर प्रमुख बसन्त कुमार बस्नेतले धाप्लाङ्ग स्थित सुनकोशी नदि  सम्भावनाशील क्षेत्र भएकाले यसलाई व्यवस्थित र सुरक्षित ढंगले विस्तार गर्दै रोजगारी र आर्थिक गतिविधिमा योगदान दिने लक्ष्य रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]