१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरपालिकामा २२ औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइयो

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, आषाढ १५, २०८२

उदयपुर, असार १५ – त्रियुगा नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ भव्य रूपमा मनाएको छ। नगरपालिकाको वडा नं। ४ स्थित बगाहामा विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो।

कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा धान रोपेर गर्नुभयो। प्रमुख तथा उपप्रमुखद्वयले किसानहरूसँगै खेतमा उत्रिएर धान रोपेर किसानको श्रम र योगदानप्रति सम्मान प्रकट गर्नुभयो।

उक्त अवसरमा नगरप्रमुख बस्नेतले कृषि उत्पादनमा आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको बताउँदै धान दिवसले कृषकहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख राईले पनि स्थानीय तहले कृषि प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो।

कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। उपस्थितहरूले धान रोपाईसँगै परम्परागत लोकगीत गाउदै धान रोपेर असार १५ लाई उल्लासपूर्ण रूपमा मनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]