१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरको गौरव बन्दै ऐतिहासिक भीमेश्वर मन्दिर

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १७, २०८२

उदयपुर १७ असार— त्रियुगा नगरपालिका वडा नं। ११ स्थित चप्पन क्षेत्रमा निर्माणाधीन ऐतिहासिक तथा धार्मिक भीमेश्वर मन्दिरको अवलोकन भ्रमण प्रदेश नं। १ की उपसभामुख सिर्जना दनुवार, नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले मंगलबार गर्नुभएको छ ।

मन्दिर क्षेत्रको भौतिक प्रगति र पर्यटकीय सम्भावनाको समग्र अवलोकन गर्दै नगर प्रतिनिधिहरूले यसलाई नगरको गौरवपूर्ण परियोजनाको रूपमा लिएका छन्। नगरप्रमुख बस्नेतले भीमेश्वर मन्दिर निर्माणले त्रियुगाको धार्मिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै गुणस्तरीय निर्माण समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे। उपप्रमुख राईले मन्दिरको शान्त, रमणीय  वातावरणले आगन्तुकहरूलाई एक अद्वितीय अनुभव दिने भन्दै मन्दिर सामाजिक, धार्मिक र पर्यटकीय केन्द्र बन्नेमा आशावादी भइन्।

प्रदेश नं। १ की उपसभामुख सिर्जना दनुवार ले भीमेश्वर मन्दिरजस्तो धार्मिक र सांस्कृतिक स्थलको विकासले प्रदेशस्तरमै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याउनेछ। यस्तो पवित्र र शान्त स्थानको निर्माणमा स्थानीयको सक्रियता प्रशंसनीय छ। प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गर्न थप तयार रहेको दनुवारले बताइन्।

मन्दिरको काम  ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ र बाँकी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। १ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा गणेश मन्दिर, संग्रहालय, पार्टी प्यालेस, विवाह मण्डप, भजन–कीर्तन स्थल तथा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको मन्दिर निर्माण समितिका सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

भीमेश्वर मन्दिर केवल आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिएको एक रमणीय गन्तव्य बन्दैछ। मन्दिरको छेउमै रहेको झुलुङ्गे पुलले आगन्तुकहरूलाई प्राकृतिक मनोरम दृश्यावलोकनको रोमाञ्चक अवसर दिईरहेको छ । हरियाली, चिसो हावा, शान्त खोला र चराचुरुङ्गीको मधुर आवाजले मन्दिर क्षेत्रलाई प्राकृतिक रमणीयता र अध्यात्मिक शान्तिको संगमको रूपमा परिभाषित गर्दै स्थानीय जनसमुदायले यस परियोजनालाई गौरवको प्रतीकको रूपमा लिईरहेका छन् । झीगु नेवा: पुच: गाईघाटको  विशेष भूमिका संगै भीमेश्वर मन्दिर निर्माण समितिको अध्यक्ष हरि बहादुर श्रेष्ठ र सचिव दिपेन्द्र श्रेष्ठको सक्रिय नेतृत्वमा मन्दिरको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]