११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

बेलका नगरपालिकामा सशस्त्र प्रहरीद्वारा सामुदायिक विपद् स्वयंसेवक तालिम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ १४, २०८२

उदयपुर — बेलका नगरपालिका–८ स्थित कोशी माविमा सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण हेक्वा, उदयपुरको आयोजनामा सञ्चालित सामुदायिक विपद् स्वयंसेवक तालिम असार १३ गते सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमअनुसार सञ्चालित उक्त तालिम बेलका नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

जेष्ठ २३ गतेदेखि सुरु भएको तालिमको उद्देश्य विपद् व्यवस्थापनमा स्थानीय तहका स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो। तालिममा सहभागीहरूले विशेष गरी मनसुनजन्य प्राकृतिक प्रकोपहरूको समयमा आपतकालीन उद्धार, राहत तथा पूर्वतयारीका विषयमा ज्ञान र सीप प्राप्त गरेको जनाएका छन्।

तालिम समापन समारोह सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको विशेष आतिथ्य बेलका नगरपालिकाका उप(प्रमुख जिरा राईले गर्नुभएको थियो।

समापन समारोहमा जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण हेक्वा उदयपुरका गणपति सुसिल कुमार साही, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

तालिमले विपद्को समयमा तत्कालिन निर्णय क्षमता, समन्वय, र उद्धार कार्यमा प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिमले आफूहरूको आत्मबल बढाएको र विपद् व्यवस्थापनमा अब अझ सशक्त ढंगले योगदान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]