१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

‘सिप सिकौं, उद्यमी बनौं’ नारासहित त्रियुगा नगरपालिकाको ५२ दिने सीपमूलक तालिम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, आषाढ १५, २०८२

उदयपुर १५ असार २०८२,— ‘सिप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ त्रियुगा नगरपालिकाले आयोजना गरेको सीपमूलक ५२ दिने तालिम कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम त्रियुगा नगरपालिका सभाहलमा आयोजना गरिएको थियो।

स्वरोजगारमूलक उदेश्यसहित सञ्चालन गरिएको तालिममा सहभागीहरुले आधारभूत सिलाइ कटाइ, ब्युटिसियन, तथा ढाका र खादी कपडा उत्पादन सम्बन्धी सीपहरू सिकेका छन्। तालिममार्फत स्थानीय महिलाहरू तथा युवा वर्गलाई सीपमार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्य राखिएको थियो।

समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा प्राविधिक सामग्री हस्तान्तरण गर्नुका साथै प्रशिक्षण प्राप्त सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी हौसला प्रदान गरे।

नगरप्रमुख बस्नेतले सीपमूलक तालिमलाई स्वरोजगारको सुनिश्चित आधारको रूपमा व्याख्या गर्दै, “सिप भएकाहरूलाई रोजगारी माग्नुपर्दैन, उनीहरू आफैंले रोजगारी सिर्जना गर्न सक्छन्,” यस्ता तालिमहरूले व्यक्तिको आत्मबल मात्र होइन, स्थानीय अर्थतन्त्र पनि बलियो बनाउँछन्।”भन्ने धारणा व्यक्त गरे। उपप्रमुख राईले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाइन्।

त्रियुगा नगरपालिकाको आयोजनामा सम्पन्न तालिमले स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सहयोग पुगेको जनाइएको छ। सहभागीहरू पनि आफूले प्राप्त गरेको सीपमार्फत आगामी दिनमा स्वरोजगार तथा उद्यमको बाटोमा अघि बढ्ने उत्साह व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş