२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

वडा अध्यक्ष मान वहादुर राईको अगुवाइमा सुत्केरीलाई पोषण सहायता वितरण

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १७, २०८२

उदयपुर १७ असार — त्रियुगा नगरपालिका–१६ अन्तर्गतको स्वास्थ्य चौकी ले सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्दै वडाभित्रका १० जना सुत्केरी महिलाहरूलाई पोषण सहयोग हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०८१ र ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा, प्रत्येक महिलालाई रु। ५,००० का दरले पोषण सहयोग प्रदान गरिएको हो। कार्यक्रममा विशेष रुपमा संस्थागत प्रसुति बढाउने उद्देश्यसहित “स्वास्थ्य संस्थामा प्रसुति गराऔँ, आमा र नवजात शिशुको जीवन जोगाऔँ” भन्ने सन्देशलाई अगाडि सारिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा–१६ का वडा अध्यक्ष मान वहादुर राईले सुरक्षित प्रसुति र मातृ–शिशु स्वास्थ्यलाई स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भने, “स्वास्थ्य संस्थामा प्रसुति गराउने प्रवृत्तिलाई बढावा दिन यस्ता कार्यक्रमहरू आवश्यक छन्। यसले मातृ मृत्युदर घटाउने र नवजात शिशुको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ।”

स्वास्थ्य चौकी चिलाउनेका स्वास्थ्यकर्मीहरूको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा लाभान्वित महिलाहरूले पनि पोषण सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा व्यक्त गरेका थिए स्थानिय सरकार, स्वास्थ्य संस्था र समुदायको सहकार्यमा सम्पन्न यो कार्यक्रमले सुरक्षित मातृत्व अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]