१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

वडा अध्यक्ष मान वहादुर राईको अगुवाइमा सुत्केरीलाई पोषण सहायता वितरण

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १७, २०८२

उदयपुर १७ असार — त्रियुगा नगरपालिका–१६ अन्तर्गतको स्वास्थ्य चौकी ले सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्दै वडाभित्रका १० जना सुत्केरी महिलाहरूलाई पोषण सहयोग हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०८१ र ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा, प्रत्येक महिलालाई रु। ५,००० का दरले पोषण सहयोग प्रदान गरिएको हो। कार्यक्रममा विशेष रुपमा संस्थागत प्रसुति बढाउने उद्देश्यसहित “स्वास्थ्य संस्थामा प्रसुति गराऔँ, आमा र नवजात शिशुको जीवन जोगाऔँ” भन्ने सन्देशलाई अगाडि सारिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा–१६ का वडा अध्यक्ष मान वहादुर राईले सुरक्षित प्रसुति र मातृ–शिशु स्वास्थ्यलाई स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भने, “स्वास्थ्य संस्थामा प्रसुति गराउने प्रवृत्तिलाई बढावा दिन यस्ता कार्यक्रमहरू आवश्यक छन्। यसले मातृ मृत्युदर घटाउने र नवजात शिशुको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ।”

स्वास्थ्य चौकी चिलाउनेका स्वास्थ्यकर्मीहरूको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा लाभान्वित महिलाहरूले पनि पोषण सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा व्यक्त गरेका थिए स्थानिय सरकार, स्वास्थ्य संस्था र समुदायको सहकार्यमा सम्पन्न यो कार्यक्रमले सुरक्षित मातृत्व अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş