१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

समाचार

बरमझियामा भएको सडक दुर्घटनामा घाइते थप एकजनाको  मृत्यु

सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझियामा शुक्रबार  भएको सडक दुर्घटनामा घाइते थप एकजनाको  मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै  गरेको को.१ ख ७४१४ नम्वरको नेपाल वेल कर्पोरेशनको ट्याङकरले  प्रदेश १–०२–०४७ प १२८० नं. मोटरसाइकलाई ठक्कर दिदा सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ गौतमपुर बस्ने मोटरसाइकल चालक अन्दाजी बर्ष ४१ का महेश कुमार मेहताको घटाना […]

कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै आज सार्वजनिक बिदा दिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज  प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।  

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव  सोमवार फेला परेको छ । गोलबजार नगरपालिका-१ वहिरीबाधँ नजीककै उत्खनन् गरके खाल्टोमा अन्दाजी ३२ वषीर्य युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।प्रहरीले मुचुल्का उठाएर पोष्ट मार्टमको लागि लहान स्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरि कार्याल गोलबजारले जनाएको छ । घटनाको संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा […]

खानेपानी महशुलको बिरोधमा स्थानिय उपभोक्ताहरु आन्दोलनमा उत्रीएका छन । सप्तरीको कञ्चनपुर नगरपालिकामा संचालित कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको महशुल दररेट महँगो भएको भन्दै उपभोक्ताहरुले सोमबार नारा जुलुस गर्दै बिरोध गरेका हुन् । आन्दोलनकारीहरुको जुलुसले खानेपानी चाहिदैन, महँगो महशुल बन्द गर, खानेपानी ब्यवस्थामा सुधार गर, खानेपानी स्वच्छ देउ, गुणस्तरहीन मिटर बन्द गर लगायतका नारा […]

जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडि सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउँपालिका-१ का ३२ बर्षीय राम कुमार राई र गाडीमा सवार २२ बर्षीय बुद्ध […]

नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै […]

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत भएको छ।उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ। बिगतमा सबै दायित्व कटारी नगर र दाताहरुबाट हुदै आइरहेकोमा अब सबै दायित्व प्रदेश सरकारको हुने भए पछि अस्पताल सुबिधा सम्पन्न हुने छ।प्रदेश अस्पताल बनाउन लामो समय देखि लागि परेका […]

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा शुक्रबार दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा […]

सप्तरीेमा सेभ द चिल्ड्रेन द्वारा किसानलाई तरकारी खेति गर्नका लागि हाते ट्रयाक्टर बितरण गरिएको छ  ।  विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका ६ वटा कृषक समूहलाई सेभ द चिल्ड्रेन ले ट्रयाक्टर वितरण गरिएको हो । सेभ द सप्तरीका अध्यक्ष  ध्रुव प्रसाद देवले बिष्णुपुर गाउँपालिका वडा नं.६ का बाबा दिनारा कृषक समूह,सरस्वती कृषक समूह,तिलाठी कोइलाडी […]

६ बर्षिया बालिका बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर एक युवा फैसला कार्यान्वयनकोलागि कारागार चलान भएका छ्न ।सुनसरीको धरानबाट साउन ४ गते पक्राउ परेका दिक्त्तेल रुपाकोट मझुवागढि नगरपालिका ११ खार्मीका ३२ बर्षिय नबीन राईलाई आइतबार खोटाङ कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । सर्बोच्च अदालतले २०८० भदौ २५ गते बलात्कार मुद्दामा दोषी ठहर […]