१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

पत्रकार माथी ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, साउन १७, २०८१

नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेको आधारमा पत्रकारलाई ज्यान लिनसम्मको धम्की दिने कार्य निन्दनीय छ । समाचारका विषयमा चित्त नबुझेको अवस्थामा काुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी पत्रकारलाई धम्की दिएर त्रसित पार्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ ।”

घटनाको छानबिन गरी पत्रकार गुप्तालाई धम्की दिने मण्डललाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष नेपाल प्रेस युनियनले आग्रह गर्दै विज्ञप्तिमा प्रेस स्वतन्त्रता बिरोधी यस्ता कार्य भविष्यमा नदोहरिन भन्नेतर्फ सचेत गराउँदै संचारकर्मीलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जन ागर्न प्रेस युनियनले सम्बन्धित पक्षको ध्यान आकृष्ट गराएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार  जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा  रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]