१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

खानेपानी महशुलको बिरोधमा स्थानिय उपभोक्ताहरु

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन २२, २०८१

खानेपानी महशुलको बिरोधमा स्थानिय उपभोक्ताहरु आन्दोलनमा उत्रीएका छन । सप्तरीको कञ्चनपुर नगरपालिकामा संचालित कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको महशुल दररेट महँगो भएको भन्दै उपभोक्ताहरुले सोमबार नारा जुलुस गर्दै बिरोध गरेका हुन् ।

आन्दोलनकारीहरुको जुलुसले खानेपानी चाहिदैन, महँगो महशुल बन्द गर, खानेपानी ब्यवस्थामा सुधार गर, खानेपानी स्वच्छ देउ, गुणस्तरहीन मिटर बन्द गर लगायतका नारा लगाउदै कञ्चनपुर बजार एरीया परिक्रमा पछि हटीया स्थित संस्थाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा आफुहरुको माँग पूरा नभए आन्दोलन जारी राख्ने उल्लेख रहेको कार्यालयले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार  जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा  रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]