१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै कोशी प्रदेशमा सार्वजनिक बिदा

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, साउन २५, २०८१

कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै आज सार्वजनिक बिदा दिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज  प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार  जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा  रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]