१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

जिल्ला समाचार

आज साउन महिनाको तेस्रो सोमबार, शिवलाय मन्दिरमा भक्तजनको भिड

साउन महिनाको तेस्रो सोमबार इन्द्रेश्वर महादेव मन्दिर ढिम्कीमा भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु गाइघाटको बिभिन्न स्थानमा रहेको  शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । साउनको पहिलो सोमबारदेखि सुरु भएको पूजा आराधना गर्ने तिर्थालुहरुको घुईचोले इन्द्रेश्वर महादेव मन्दिर परिसर भरिएको थियो ।आज […]

प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ। सुरक्षा चेकजाचको क्रममा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिदै आइतबार बिहान भागेका दुई युवा त्रियुगा नगरपालिका ११ चप्पन बाट दिउसो २०१ एम्पुल लागूऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले त्रियुगा नपा १० बोक्सेका बर्ष २३ का दीप मगर र वडा नम्बर ११ का २७ बर्षिय चन्द्रबहादुर खत्रीलाई पक्राउ गरिएको […]

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत भएको छ।उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ। बिगतमा सबै दायित्व कटारी नगर र दाताहरुबाट हुदै आइरहेकोमा अब सबै दायित्व प्रदेश सरकारको हुने भए पछि अस्पताल सुबिधा सम्पन्न हुने छ।प्रदेश अस्पताल बनाउन लामो समय देखि लागि परेका […]

असार २२ गतेको भारी बर्षाको कारण कटारी नगरपालिका ७ को भालुखोल्सामाआएको पहिरोले सडक बगाए पछि कटारी देखि बुढाबुढी , गैया हुदै उदयपुरगढिको ब्यासे , बाहुनटार – ताप्लि जोडिने सडक अबरुद्ध भएको थियोे । बाटो अबरुद्ध हुँदा झन्डै २ साता देखि कुनै पनि सवारी साधन नचल्दा पहाडी भेगका बासिन्दाहरुलाई आबतजाबतमा निकै समस्या भएको गैयाका प्रेम कार्कीले […]

नेपालका प्रथम जगत गुरु अनन्त श्री बिभुषित बालसन्त मोहनशरण देवार्चाय गाईघाटको सिद्धेश्वर माहादेब मन्दिरको दर्शन गर्न आउनु  भएको छ । सो क्रममा जगत गुरु देवार्चायले मन्दिरमा भक्तजनहरुलाई साउन महिनालाई किन पवित्र महिनाका रूपमा  लिने जस्ता पौराणिक ग्रन्थहरू सुनाउदै  रुद्रक्ष् को वृक्षरोपण गर्नु भएको थियो ।   पहिलो पटक सिद्धेश्वर माहादेब मन्दिरमा जगत गुरु आउनुहुने भएपछि […]

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा एमालेले त्रियुगा नगरपालिका ७ नं वडा को पुष्पबाटिका परिसरमा बृक्षारोपन गरेको छ।वृक्षरोपण  एमाले त्रियुगा नगर कमिटी र युवा संघको आयोजनामा गरिएको हो  । बृक्षारोपनमा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार  उप-मेयर महेश्वरी राई सहित कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरू, नगर […]

तिन दिन देखि भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण  गाईघाटको ठुला तथा सहायक खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । त्रियुगा र बरुवा नदि लगायत अधिकांस खोला खहरेमा आएको बाढिले दजनौ बस्ती, र हजारौ हेक्टर खेतीयोग्य जमिन कटानको खतरामा रहेकेा छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिए संगै त्रियुगा नगर प्रमुख […]

उदयपुर जिल्लाका त्रियुगा र बरुवा खोलामा पानीको वहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ । अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फि रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाध बगाउदा गाईघाट पूर्वको वस्तिहरु उच्च जोखिममा […]

सोमबार राति देखि परेको मुसलधारे बर्षाको कारण त्रियुगा नगरपालिका १५ खाबुस्थित तोरीबारीमा बिहान ७ बजे गएको पहिरोले घर पुरीदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्ष ९ कि पूर्णकला मगर रहेकी छिन घर पुरीदा मृतककि आमा हिरा मगर  गम्भीररूपमा घाइते भएकोले अहिले उपचारको लागि जिल्ला अस्पताल उदयपुर तर्फ ल्याउदै गरेको वडाअध्यक्ष गणेश तिमिल्सिनाले बताए […]

नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय उदयपुरले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।त्रियुगा नगरपालिका वडा नम्बर ६  स्थित सभाहलमा  सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को प्रमुख आतिथ्यतामा वडा नम्बर ५,६ का नागरिक अगुवाहरुको उपस्थितिसंगै प्रहरीले खेल्नुपर्ने भूमिका तथा […]