
साउन महिनाको तेस्रो सोमबार इन्द्रेश्वर महादेव मन्दिर ढिम्कीमा भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु गाइघाटको बिभिन्न स्थानमा रहेको शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।
साउनको पहिलो सोमबारदेखि सुरु भएको पूजा आराधना गर्ने तिर्थालुहरुको घुईचोले इन्द्रेश्वर महादेव मन्दिर परिसर भरिएको थियो ।आज पनी मन्दिरमा बिहानै भक्तजनहरुको घुइचो लागेको छ ।ब्रतालुहरुले आफ्नो मनोकांक्षा पुरा होस भन्ने कामनाले भगवान शिवको पुजा आरचना गरेको बताएका छन् ।