१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

लागूऔषध सहित दुई युवा पक्राउ

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन २१, २०८१

प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ। सुरक्षा चेकजाचको क्रममा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिदै आइतबार बिहान भागेका दुई युवा त्रियुगा नगरपालिका ११ चप्पन बाट दिउसो २०१ एम्पुल लागूऔषध सहित पक्राउ परेका हुन् ।

प्रहरीले त्रियुगा नपा १० बोक्सेका बर्ष २३ का दीप मगर र वडा नम्बर ११ का २७ बर्षिय चन्द्रबहादुर खत्रीलाई पक्राउ गरिएको जनाएको छ।ऊनीहरुको साथ बाट ६७ एम्पुल फेनारगन , डाइजेपाम ६७ र बुप्रेनोर्फिन ६७ गरि २०१ लागूऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।

बिहान त्रियुगा ६ जलजले ढाटमा प्रहरी सुरक्षाकर्मीले चेकजाच गर्ने क्रममा उनिहरुले प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएर भागेका थिए ।प्रहरी प्रदेश उनिहरुको साथ बाट प्रदेश १ -०५-००१ प १०५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]