१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

कटारी र उदयपुरगढी जोड्ने ग्रामीण सडक मर्मत सम्भार गरिदै

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, साउन १२, २०८१

असार २२ गतेको भारी बर्षाको कारण कटारी नगरपालिका ७ को भालुखोल्सामाआएको पहिरोले सडक बगाए पछि कटारी देखि बुढाबुढी , गैया हुदै उदयपुरगढिको ब्यासे , बाहुनटार – ताप्लि जोडिने सडक अबरुद्ध भएको थियोे ।

बाटो अबरुद्ध हुँदा झन्डै २ साता देखि कुनै पनि सवारी साधन नचल्दा पहाडी भेगका बासिन्दाहरुलाई आबतजाबतमा निकै समस्या भएको गैयाका प्रेम कार्कीले बताए । हामीलाई अहिले निकै समस्या भएको छ, पैदल हिंड्न् समेत कठिन भएको उनले बताए ।

बर्षा पछिको पहिरोले १०० मिटर बाटो बगाएको छ, बाटो मर्मत सम्भार कतै बाट हुन सकेको छैन ।उनले भने । कटारीका मेयर राजेश चन्द श्रेष्ठले उदयपुरगढि गाउपालिका सङ समन्वय गरी बाटो मर्मत सम्भारको सुरु गरिएको बताए । बाटो मर्मत नहुदा माथिल्लो भेगका जनतालाई निकै समस्या परेको थियोे , त्यसैले बाटो जसरी भए पनि मर्मत गरेर यातायात सुचारु गर्नु परेको उनले बताए ।

उनले अब एक हप्ता भित्र बाटो मर्मत सम्भार गरेर यातायात पुन सन्चालन गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]