१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

समाचार

उदयपुरमा स्कुल बस दुर्घटना: दजर्नौं घाइते

उदयपुर, ९ मंसिर : मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा दर्जनौं गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुर का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार  दुर्घटना अपरान्ह १ बजेतिर भएको जनाइएको छ । पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको चौधरी ले […]

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि […]

सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र या समस्यामा परेका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामा मार्फत समस्यामा परेकाहरूलाई मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ मा सम्पर्क गर्न भनेको छ। यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर […]

दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार(आज)बाट खुल्ला गरिने भएको छ । आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो । यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । […]

केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र […]

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्। उनले आफूले विश्वासको मत लिनुअघि नै राजीनामा दिने निष्कर्षमा पुगेको बताए। उनले आज विश्वासको मत लिने भनिएको थियो। तर विश्वासको मत नलिइ उनले राजीनामा दिएका हुन्।

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा मृत्यु भएका १० जना नेपालीहरूको शव नेपाल पठाउन पहल भइरहेको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ। दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा नेपालीहरुको ज्यान गएको हो। दूतावासले आइतबार राति विज्ञप्ति जारी गर्दै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कमा नरहेका एक जनाको खोजी भइरहेको […]

२६ भदौ २०८०- आज बिहान १० बजे सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताइएकाे छ।नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले सामाजिक संजाल मार्फत दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले […]

२६ भदौ २०८०-नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए  ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव […]