१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

इजरायलमा मृत्यु भएका नेपालीको शव पठाउन पहल

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, आश्विन २२, २०८०

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा मृत्यु भएका १० जना नेपालीहरूको शव नेपाल पठाउन पहल भइरहेको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा नेपालीहरुको ज्यान गएको हो। दूतावासले आइतबार राति विज्ञप्ति जारी गर्दै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कमा नरहेका एक जनाको खोजी भइरहेको जानकारी दिएको छ।

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि चाँडै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने पनि दूतावासले जनाएको छ।

मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने एकजना कर्णाली र एकजना कोशी प्रदेशका पनि रहेका छन्। ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।

हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ। ‘शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको छ,’ दूतावासले भनेको छ।

इजरेलमा कति नेपाली छन्?

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए।

परराष्ट्रमन्त्रीले नेपाल सरकार नेपालीहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न र उद्धार गर्नुपर्ने भएमा त्यो पनि गर्ने अवस्थामा रहेको जानकारी सदनलाई गराए।

उनले त्यसका लागि सरकारले एउटा उच्चस्तरीय संयन्त्र बनाइसकेको र आवश्यकता अनुसार त्यसले काम गर्ने बताए।

साउदले भने, “दक्षिणी इजरेलमा रहेका नेपालीको सुरक्षाको प्रत्यभूति गर्न नेपाली दूतावासलाई निर्देशन दिइएको छ र त्यहाँ उद्धार गर्नु परेमा त्यसको व्यवस्था मिलाइनेछ।”

हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको पनि उनले जानकारी दिए।

परराष्ट्रमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा घाइते नेपालको उपचार र उद्धारबारे पनि छलफल भएको उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार  जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा  रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]