काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भारतीय समकक्षी नरेन्द्र मोदी र सम्पूर्ण भारतीय नागरिकमा शुभकामना व्यक्त गरेका हुन् । बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । भारतले हरेक […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको […]
पब्लिक समाचार –साउन ३० ।कोशी प्रदेशको अस्थाई राजधानी बिराटनगरमा सोमबार दिउँसो दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । बिराटनगर महानगरपालिका–१० सन्सारीमाइस्थान नजिकै तरबार प्रहारहुँदाबिराटनगर महानगरपालिका–८ का २२ बर्षीय मोहमद हलिम घाईते भएको प्रहरीले जनाएको छ । तरबार प्रहारबाट हलिमको दुबै हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए […]
उदयपुर-उदयपुरगढी गाउँपालिका ६ मौवासेमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग हाईवे अझै खुल्न सकेको छैन । पहिरो खसेर शनिवार बाट अबरुद्ध उक्त राजमार्ग खुल्न अझै समय लाग्ने जनाईएको छ । खसेको पहिरो हटाउन सिमित स्रोत साधनका कारण सडक खुल्न ढिलाई भएको स्थानीयहरुको भनाई छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि उदयपुरगढी गाउँपालिका सहित सम्बन्धित निकायहरु सडक […]
काठमाडौं – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । मानवीय क्षति भने भएको छैन ।कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५-१६ घर […]
सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा […]
एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने जनाएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै […]
काठमाडौं– जनमत पार्टी माओवादी भागबन्डाको मन्त्रालय लिएर चार महिनापछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ। जनमतबाट केन्द्र सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेकी अनितादेवी साहले सपथ लिएकी हुन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित समारोहमा नवनियुक्त मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
उदयपुर,साउन २९ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवको अवसरमा सञ्चालन गरेको रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालको प्रमुख अतिथ्यमा आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको रक्त्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उदयपुर र जिल्ला अस्पताल उदयपुरको समन्वय एवं प्राविधिक सहयोगमा रक्तदान […]
काण्माडौ,साउन २९ । साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ । साउन महिना र […]