२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

उदयपुरका एक युवक सहित ५ जना ब्राउन सुगर सहित पक्राउ

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन ३०, २०८०

 

पब्लिक समाचार , साउन ३० ।सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गर्दा  लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईन्द्र बहादुर तामाङ, संजिव राई, सुजित डंगोल, खेमचन्द्र राई, बिचन्द्र राई रहेका छन् ।

ईन्द्र बहादुर तामाङ उदयपुरगढी गाउँपालिका–८ का हुन् भने संजिव राई बेलवारी नगरपालिका–४ का हुन् तेसैगरी नुवाकोटका सुजित डंगोल, खेमचन्द्र राई, रबिचन्द्र राई धरान–१५ का रहेका छन् ।पाचै जानालाई विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले २८० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा  प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटर यसैगरी प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकल ,को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]