
प्रतिनिधिसभा र राष्ट्रियसभा तीन विषयगत समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।
समितिको हल सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआबद्धता, एलडीसी ग्राजुएसन स्ट्राटेजी तयारी लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।