११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

निराश र रिसाएको डेडकरोड जनतामा आशा जगाउने काम अव काँग्रेसले गर्छ : गगन थापा

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, पुष ०७, २०८०

शुक्रबार नेपाली कांग्रेस  उदयपुरको  जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले गठबन्धन गर्दा कांग्रेसका सुभेच्छुक माथी धोका दिएको बताउनु भएको छ । कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने  कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो भन्दै  राम्रा काम गर्दै गएमा चुनावको मिसन अहिलेदेखि बनाईराख्नु नपर्ने भन्दै उनले राम्रा काम गर्ने पार्टीलाई आगामी निर्वाचनमा जनता आफैले कांग्रेसलाई मत हाल्ने बताए  ।

आन्दोलनको जगमा उभिएको कांग्रेसपार्टीलाई अब जनतालाई समृद्ध बनाउने अभियानमा लाग्ने पार्टी बनाउने बताउदै नेता थापाले अब आउने नीति अधिबेशन बाट कांग्रेसले जनतालाई हेर्ने पार्टीको रुपमा रूपान्तरण गर्ने गरि योजना बनाउदै आएको बताए  । निराश र रिसाएको डेडकरोड जनतामा आशा जगाउने काम अव काँग्रेसले गर्ने भन्दै त्यसका लागि केन्द्रदेखि वडा समितिसम्मका नेता कार्यकर्तालाई निर्देशन समेत दिए । नेपालको पुरानो, जेठो र ठूलो पार्टी भएको नाताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले जनतामा छाएको निराशालाई आसामा परिणत गर्ने जिम्मेबारी वहन गन्र्र काँग्रेस तयार रहेको बताए  ।

नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिए । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो उनले भने ।  थापाले अहिले भ्रष्टाचार सबभन्दा डरलाग्दो गरी मौलाएको भन्दै एकपछि अर्को काण्ड मच्चिएको सन्दर्भ उठाउँदै  ०४६ साल एताका सम्पूर्ण पूर्व उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग गरे । उनले ०४६ सालदेखि अहिलेसम्मका प्रधानमन्त्री, मन्त्री, सांसद, आईजिपी, प्रधानसेनापतिलगायत सम्पूर्ण पूर्व उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने प्रस्ताव आफुले संसदमा पेश गर्ने बताएउक्त कार्यक्रममा सभापतित्व पार्टी सभापति हिमाल कार्कीको रकेको थियो भने , सञ्चालन सचिव मुरारी खड्काको र कार्यक्रमको स्वागत कटारी नगरप्रमुख तथा पार्टी जिल्ला सचिव राजेशचन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । ।

 

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]