
उदयपुर १८ असार जल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले उल्लेखनीय पहल थालेको छ। नगरपालिकाको लगानी र होटल तथा पर्यटन व्यवसायी संघको सहकार्यमा वडा नं। १४ र १५ का ९ जना युवाहरूलाई कायाकिङ तथा र्याफ्टिङको लेभल–२ सम्मको दक्षता तालिम प्रदान गरि युवाहरूलाई नगरपालिकाले २ वटा आधुनिक कायकसमेत प्रदान गरेको छ।
नगरपालिकाले आगामी दिनमा थप युवाहरूलाई तालिम दिने र र्याफ्टिङ जस्ता साहसिक जलक्रियाकलापलाई व्यवस्थित गर्दै जल पर्यटनलाई दिगो रुपमा विस्तार गर्ने योजना संगै तालिम सम्पन्न गरेका ती युवाहरूलाई अब व्यावसायिक तथा पर्यटकीय उद्देश्यले सुनकोशी नदीमा कायकिङ र र्याफ्टिङ सेवा सञ्चालन गर्ने तयारी गरेका छन्।
नगर प्रमुख बसन्त कुमार बस्नेतले धाप्लाङ्ग स्थित सुनकोशी नदि सम्भावनाशील क्षेत्र भएकाले यसलाई व्यवस्थित र सुरक्षित ढंगले विस्तार गर्दै रोजगारी र आर्थिक गतिविधिमा योगदान दिने लक्ष्य रहेको बताए।