१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरपालिकाद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, आषाढ १६, २०८२

उदयपुर असार १६ — त्रियुगा नगरपालिकाले यहि असार १७ गतेदेखि २० गतेसम्म कोभिड–१९ विरुद्धको फायजर  खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा शाखाको समन्वयमा सञ्चालन हुने उक्त अभियानमार्फत नगर क्षेत्रभित्रका नागरिकहरूलाई लक्षित गरी खोप प्रदान गर्न लागेको हो ।

१२ वर्षभन्दा माथिका सबै नागरिकहरूलाई खोप दिने कार्यक्रम तय गरिएको छ भने गर्भवती महिला, सुत्केरी महिला, दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई विशेष प्राथमिकता दिइने नगरपालिका स्रोतले जनाएको छ।

नगरपालिकाका स्वास्थ्य चौकी, खोप केन्द्र तथा विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिनेछ। खोप अभियानमार्फत नगर क्षेत्रलाई कोभिड संक्रमणको जोखिमबाट जोगाउन र जनस्वास्थ्य सुरक्षालाई मजबुत पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरप्रमुख, उपप्रमुख तथा स्वास्थ्य शाखाको नेतृत्वमा हुने अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारीहरू पूरा भइसकेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]