२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

त्रियुगा नगरपालिकामा २२ औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइयो

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, आषाढ १५, २०८२

उदयपुर, असार १५ – त्रियुगा नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ भव्य रूपमा मनाएको छ। नगरपालिकाको वडा नं। ४ स्थित बगाहामा विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो।

कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा धान रोपेर गर्नुभयो। प्रमुख तथा उपप्रमुखद्वयले किसानहरूसँगै खेतमा उत्रिएर धान रोपेर किसानको श्रम र योगदानप्रति सम्मान प्रकट गर्नुभयो।

उक्त अवसरमा नगरप्रमुख बस्नेतले कृषि उत्पादनमा आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको बताउँदै धान दिवसले कृषकहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख राईले पनि स्थानीय तहले कृषि प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो।

कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। उपस्थितहरूले धान रोपाईसँगै परम्परागत लोकगीत गाउदै धान रोपेर असार १५ लाई उल्लासपूर्ण रूपमा मनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]