११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

बेलका नगरपालिकामा पहिलो पटक आयोजित विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ १४, २०८२

बेलका, उदयपुर १४ असार – बेलका नगरपालिकाको इतिहासमै पहिलोपटक आयोजित विज्ञान प्रदर्शनी कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिका स्तरीय यस विज्ञान प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास र अनुसन्धानतर्फको अभिरुचिलाई उजागर गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा आयोजित उक्त कार्यक्रम जनता नमुना माध्यमिक विद्यालय गुरुङ्गचौरीको प्रांगणमा सम्पन्न भएको थियो। प्रदर्शनीमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी र जनता नमुना माविले प्राविधिक सहयोग प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर उपप्रमुख जिरा राईले विद्यार्थीहरूको प्रस्तुति तथा नवप्रवर्तनशील सोचको प्रशंसा गर्दै विज्ञानप्रतिको रुचिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रदर्शनीजस्ता कार्यक्रमहरूले विद्यालय र विद्यार्थी दुवैको विज्ञान शिक्षाको स्तर झल्किने र भविष्यमा वैज्ञानिक क्षेत्रमा लाग्न चाहने विद्यार्थीसहित समग्र शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

सभाध्यक्षका रूपमा मन्तव्य दिनुहुँदै जनता नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले विकासको मूल आधार विज्ञान भएको उल्लेख गर्दै, आफ्नो विद्यालयलाई नेपालमै पहिलोपटक कक्षा ११र१२ मा निःशुल्क विज्ञान विषय पढाइने शिक्षालयका रूपमा विकास गर्न सफल भएको गौरवपूर्ण तथ्य प्रस्तुत गर्नुभयो।

नगरपालिकाका २० वटा माध्यमिक विद्यालयहरूमध्ये १७ विद्यालयका विद्यार्थीहरूले आफ्ना नविनतम वैज्ञानिक आविष्कार, परियोजना तथा प्रयोगहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए।उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्दै जनता नमुना मावि गुरुङ्गचौरी पहिलो स्थानमा, बेलका जनता मावि पुरन्दह दोस्रो स्थानमा र वर पिपल मावि कमालावारी तेस्रो स्थानमा विजेता भएका छन्।

कार्यक्रमको संयोजन शिक्षा शाखा प्रमुख हरी कट्टेलले गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडा नं। ९ का अध्यक्ष भरत घिमिरे, विभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]