२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

उदयपुगढी गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता सुरु ,स्थानीय खेलाडीको उत्साहजनक सहभागिता

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ १४, २०८२

उदयपुर, असार  १४ – उदयपुगढी गाउँपालिकामा खेलकुदको प्रवर्द्धन तथा समुदायबीचको एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकास्तरीय महिला–पुरुष व्याडमिन्टन प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले एक विशेष समारोहबीच गर्नुभयो। प्रतियोगिता वडा नं। ६ नेपालटारस्थित नवनिर्मित व्याडमिन्टन हलमा शनिबारसम्म सञ्चालन हुनेछ।

गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा  प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ २० टिमको सहभागीता रहेको छ। आयोजकका अनुसार प्रतियोगितामा जनप्रतिनिधि, पेशाकर्मी, कर्मचारी र सर्वसाधारण समेतको सक्रिय सहभागिता देखिएको छ।

पुरस्कार को राशी

खेलकुद विकास समितिका अनुसार प्रतियोगिताको विजेता टिमलाई महिलातर्फ नगद रु १०,००० र पुरुषतर्फ रु १५,०००, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले क्रमशः महिलातर्फ रु ५,००० र पुरुषतर्फ रु १०,००० प्राप्त गर्नेछन्। त्यसैगरी, तेस्रो स्थान हासिल गर्ने दुई(दुई टिमलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ — महिलातर्फ रु २,५०० र पुरुषतर्फ रु ५,०००का दरले  पुरस्कृत गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]