११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

सुनचाँदी व्यवसायीहरूको आन्दोलन: भोली उदयपुरमा पसल बन्द गरि शान्तिपूर्ण विरोध

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुर, असार १२ -सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन, चाँदी र बहुमूल्य पत्थरमा कर वृद्धि गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा गाईघाट, कटारी, बेल्टार, रामपुरलगायत प्रमुख बजार क्षेत्रका व्यवसायीहरूले (भोलि) शुक्रबार आ-आफ्ना पसल पूर्ण रूपमा बन्द गरेर शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने निर्णय गरेका छन्।

यसअघि पनि जेष्ठ २९ गते गाईघाटमा विरोध प्रदर्शन भएको थियो। पछिल्लो चरणको आन्दोलन नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशनमा देशव्यापी रूपमा सन्चालन हुँदैछ। उदयपुरमा गाईघाटस्थित पिपलचोकबाट विरोध र्याली सुरु भई नगर परिक्रमा गर्दै कोणसभामा परिणत हुने कार्यक्रम तय गरिएको छ।

संघले सरकारलाई कर पुनरावलोकन गर्न र व्यवसायमैत्री नीति ल्याउन आग्रह गर्दै चेतावनी दिएको छ— “यदि मागहरू सम्बोधन भएनन् भने देशव्यापी रूपमा आन्दोलन थप कडा बनाइने संघ को भनाइ छ ।

व्यवसायीहरूको मुख्य मागहरू -सुनमा लगाइएको २% विलासीता कर तत्काल खारेज गरिनु पर्छ। हिरा तथा बहुमूल्य पत्थरमा लाग्ने १३% मूल्य अभिवृद्धि कर (VAT) हटाइनु पर्छ। सुनको भन्सार दर ६% कायम गरिनु पर्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]