१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

उदयपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस विविध कार्यक्रमसहित सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुर, असार १२ – लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस उदयपुरमा विविध जनचेतनामूलक कार्यक्रमहरू सहित सम्पन्न गरिएको छ। जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यस विशेष सप्ताहको समापन असार १२ गते प्रभातफेरी र्यालीसहित गाईघाटको पिपलचोकमा गरिएको हो।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, सुरक्षा निकाय, लागूऔषध विरुद्ध क्रियाशील अभियन्ता, शिक्षक, विद्यार्थी, पत्रकार तथा झीगु नेवा: पुच: गाईघाट  लगायत विभिन्न संघसंस्थाहरूको सक्रिय उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी लुइटेलले सप्ताहव्यापी कार्यक्रममार्फत लागूऔषध विरुद्धको सन्देश प्रवाह गर्दै दुव्र्यसन न्यूनीकरणमा योगदान पुगेको बताएका छन्।

सप्ताहको पहिलो दिन, जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गरी दिवसको शुभारम्भ गरिएको थियो। असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिकाका विद्यालय तथा कलेजहरूमा लागूऔषधविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको थियो।

त्यस्तै, असार ८ देखि ११ गतेसम्म त्रियुगा र बेलका नगरपालिकामा रहेका दुई वटा लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रको विवरण संकलन र सार्वजनिकीकरण गरिएको थियो। साथै, असार १० देखि १२ गतेसम्म त्रियुगाको लालपत्ता नाका, बेलकाको चतरा–कोठु नाका, र कटारीको सिन्धुली सिमराही तथा सिरहासँग जोडिएको बेलस्रोत नाकामा निरीक्षण गरी लागूऔषध ओसारपसार नियन्त्रणका उपायहरू अवलम्बन गरिएको थियो।

असार ११ गते लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि “युवा र समाजको भूमिका” विषयमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा त्रियुगा जनता बहुमुखी क्याम्पसमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

सप्ताहको समापन अवसरमा आयोजित प्रभातफेरीमा सबै सरोकारवालाहरूको सहभागिता रहेको थियो, जसमा झीगु नेवा: पुच: गाईघाटले पनि सक्रिय साथ दिई लागूऔषधविरुद्धको जनचेतनामूलक अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]