१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरको नीति तथा कार्यक्रम सार्वजनिक: कृषि, शिक्षा, स्वास्थ्य र समावेशी विकासमा विशेष जोड

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि केही नयाँ र प्रभावकारी मोडलका कार्यक्रम प्रस्तुत गरेको छ। मेयर वसन्त कुमार बस्नेतले १५औं नगरसभामा सार्वजनिक गरेको यस कार्यक्रमले कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक समावेशीकरण र वातावरण संरक्षणमा विशेष जोड दिएको छ।

कृषि क्षेत्रमा पहाडी वडालाई ‘कफी जोन’ घोषणा गर्दै स्थानीय कृषकलाई नयाँ आर्थिक अवसर प्रदान गर्ने पहल गरिएको छ। पशुपालनलाई थप सशक्त बनाउन पशु बीमा नीतिसहित जोखिम न्यूनिकरणको योजना अघि बढाइँदैछ। उच्च शिक्षा चाहने विपन्न विद्यार्थीहरूका लागि पूर्ण छात्रवृति व्यवस्था गर्दै आगामी पुस्तालाई सक्षम बनाउने लक्ष्य राखिएको छ।

स्वास्थ्य क्षेत्रमा नगरले निशुल्क आँखा जाँच, शल्यक्रिया, रगतदान, ज्येष्ठ नागरिक तथा अपाङ्गको घरमै स्वास्थ्य सेवा र औषधि वितरणजस्ता सेवाहरूलाई प्राथमिकता दिएको छ। यसले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै जनस्वास्थ्यमा सुधार ल्याउने आशा गरिएको छ।

शिक्षामा नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गर्ने व्यवस्था गर्दै महिला मैत्री विद्यालय स्थापना गर्ने नीति सहित ‘बुक फ्री डे’ लागू गरी बालबालिकाको नेतृत्व विकासमा ध्यान केन्द्रित गरिएको छ। विपन्न, सिमान्तकृत, असाहाय, अपाङ्ग र दलित विद्यार्थीलाई लक्षित गर्दै समावेशी छात्रवृत्ति कोष स्थापना गरी सामाजिक न्यायलाई सुदृढ बनाउने कदम पनि समावेश गरिएको छ।

समग्रमा, नीति तथा कार्यक्रममा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, पारदर्शिता, जवाफदेहिता र दिगो विकासलाई प्राथमिकता दिइएको छ। आर्थिक विकास र गरिबी निवारणमा जनताको जीवनस्तर सुधार गर्दै नवप्रवर्तन र मानवअधिकार संरक्षणमा जोड दिइएको यो कार्यक्रमले त्रियुगा नगरलाई समृद्ध र समावेशी समाज बनाउने बाटोमा अगाडि बढाएको छ।

मेयर बस्नेतले भने, ‘हामीले तयार पारेको नीति र बजेटले सबै वर्ग र क्षेत्रलाई समेट्ने गरी स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै सेवा प्रवाह र विकासमा गुणात्मक सुधार ल्याउनेछ।’ त्रियुगा नगरपालिकाको यस नीतिले अन्य स्थानीय तहहरूका लागि पनि उदाहरण प्रस्तुत गर्ने बस्नेले विश्वास लिएका छन्।

नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि पूंजीगततर्फ करिव ८९ करोड र चालुतर्फ ६४ करोड गरी कुल १ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]