१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

सप्तरीको बस्तिपुरमा विषादी रहित आर्गेनिक आँप खेती, लाखौँको आम्दानी

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

सप्तरी, कञ्चनरुप–१२ स्थित रुपनगर, बस्तिपुरका युवाहरुले विषादी मुक्त आर्गेनिक आँप उत्पादन गरी बजारमा स्वस्थकर विकल्पको रूपमा चर्चा कमाउँदै आएका छन्। विषादीयुक्त आँपको सर्वत्र भरमार भइरहेका बेला स्थानीय १८ जना युवाको समूहले सन् २०७९ सालमा ‘बस्तिपुर म्याङ्गो फार्मिङ एग्रिकल्चर प्रा। लि।’ दर्ता गरी विषादीरहित खेती शुरु गरेका हुन्।

संस्थाका अध्यक्ष रमेश श्रेष्ठका अनुसार काठमाडौं, गाईघाट, इटहरी, धरान, विराटनगर, उर्लाबारी, दमक, बिर्तामोड लगायत विभिन्न ठाउँबाट उपभोक्ताहरु बगैंचामै आएर आँप किन्ने गर्छन्। “हामी उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिंदै चितवनबाट ल्याइएको अर्गानिक मल र पिना प्रयोग गर्छौं। हामी कुनै पनि प्रकारको विषादी प्रयोग गर्दैनौं,” श्रेष्ठले बताए।

उनका अनुसार संस्थासँग आफ्नै २० बिघा, साझेदारको ३० बिघा र लिजमा लिइएको ४० बिघा गरी कुल ९० बिघा क्षेत्रफलमा आँपको बगैंचा सञ्चालनमा छ। बगैंचामा माल्दह, कृष्ण भोग, बम्बै, दशहरी, अम्रपाली सिपी, कलकत्ते प्रजातिका आँप उत्पादन भइरहेका छन्, जसमा माल्दहको माग सबैभन्दा धेरै रहेको छ।

पछिल्लो वर्ष ८५ लाख रुपैयाँको आँप बिक्री भएको संस्थाले यस वर्ष १ करोड २५ लाख रुपैयाँ बराबरको आँप बिक्री गर्ने लक्ष्य लिएको छ। दैनिक ४ सयदेखि ६ सय टनसम्म आँप बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए।

सप्तरी जिल्ला आँप उत्पादनको केन्द्रका रूपमा चिनिए पनि अहिले सबैभन्दा बढी उत्पादन कञ्चनरुप–१२, रुपनगर क्षेत्रमै हुने गरेको छ। यहाँ करिब ६ सय बिघा क्षेत्रफलमा आँप खेती हुँदै आएको र नयाँ बिरुवा रोप्ने क्रम पनि निरन्तर जारी रहेको स्थानीय कृषक छत्रनारायण श्रेष्ठले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]