२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो मौलिक पहिचान झल्काउने लोगो

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १२, २०८२

उदयपुर जिल्लाको प्रमुख सहर त्रियुगा नगरपालिकाले आफ्नो मौलिक पहिचान झल्काउने लोगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। नगरको ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता समेटिएको सो लोगो १५औं नगर सभामार्फत सार्वजनिक गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाका अनुसार लोगोमा त्रियुगा नगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधता समेटिएको छ। यस लोगोमा नेपालको राष्ट्रिय झण्डासहित त्रियुगा र बरुवा नदी, गाईको प्रतिमा, स्थानीय भेषभूषा, धानको बाला, उदयपुर सिमेन्ट उद्योग, गाईघाटको मेन चोकमा राखिएको गाईको मूर्ति, लालीगुराँस, मुडगढा शिला, त्रियुगा नगरको नक्सा, साथै नगरका विविध जातजाति र पेशागत प्रतिनिधित्व गर्ने प्रतीकहरू समावेश गरिएका छन्।

नगरपालिकाले २०८१ साल फागुन २९ गते खुला सूचना जारी गर्दै लोगो डिजाइनका लागि आम नागरिकहरूलाई आह्वान गरेको थियो। चैत मसान्तसम्म प्राप्त १० वटा लोगोहरूमध्ये उत्कृष्ट एक लोगो छनोट गर्न २०८२ बैशाख २६ गते कार्यपालिकाको बैठकबाट सिफारिस समिति गठन गरिएको थियो।

समितिले गहन अध्ययनपछि रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–६ निवासी तथा हाल त्रियुगा–११, गाईघाट बजारमा ‘खाँडादेवी प्रिन्ट सोलुसन’ सञ्चालन गर्दै आएका सुजन कार्की द्वारा तयार पारिएको लोगो उत्कृष्ट ठहर गरेको हो।२०७८ सालदेखि गाईघाटमा प्रिन्ट सेवा सञ्चालन गरिरहेका कार्कीको डिजाइन २०८२ जेठ २४ गतेको कार्यपालिका बैठकबाट स्वीकृत भई अबदेखि औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ।

स्थानीय सन्दर्भ, मौलिकता र आधुनिक डिजाइनको संयोजनमा तयार पारिएको यस लोगोले त्रियुगा नगरको पहिचानलाई अब थप स्पष्ट र समृद्ध ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। नगरवासीहरूमा समेत यसले एकताको भावनालाई सुदृढ गर्दै नगर गौरव बढाउने विश्वास नगरपालिकाले लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]