१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

१ अर्ब १३ करोडको बजेटसहित चौदण्डिगढी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १०, २०८२

उदयपुर, असार ९ – नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि कुल १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर सभामा उपप्रमुख मणिकादेवी दुलालले आगामी बर्षको लागि सो बजेट सार्वजनिक गर्नु भएको हो ।

सभामा उपप्रमुख मणिकादेवी दुलालले प्रस्तुती गर्दै स्थानीय आवश्यकता, पूर्वाधार निर्माण, सामाजिक विकास तथा समावेशी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको जानकारी दिए। उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय, नागरिक र साझेदारहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

नगरपालिकाले चालु तथा प्रशासनिक खर्च तर्फ ७४ करोड १० लाख र कार्यक्रम तथा पुजीगत खर्चतर्फ ३९ करोड २५ लाख ४१ हजार ६२ रुपैयाको बजेट ल्याएको हो ।
नगरपालिकाले संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडबाट १६ करोड ६९ लाख ९६ हजार, संघिय सरकार तथा प्रदेश सरकारबाट प्रापत वित्तिय समानीकरणबाट १५ करोड ३४ लाख, संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदानबाट ५३ करोड ६ लाख ६४ हजार, आन्तरिक स्रोतबाट ४ रकोड ४० लाख, विभिन्न विकास साझेदार संस्थाबाट १ करोड ७६ लाख ३६ हजार, गत सालको मौज्दातबाट १ करोड ५० लाख ७२ हजार ४ सय ६२ रुपैया र संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त शसर्त समपुरकबाट १ करोड ८० लाख स्रोतबाट आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन गरिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले विभिन्न बिषयगत क्षेत्रमा समेत प्रत्यक्ष विकासको अनुभुती हुने किसिमबाट बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।

बजेटमार्फत नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, वातावरण तथा सामाजिक समावेशी कार्यक्रमहरूलाई प्राथमिकता दिने योजना बनाएको छ।नगरप्रमुखले नागरिकको विश्वास र विकासप्रतिको अपेक्षालाई सम्बोधन गर्न पारदर्शी र उत्तरदायी प्रशासनको खाँचो औँल्याउँदै कार्यान्वयनमा व्यापक सहभागिता सुनिश्चित गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]