१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

उदयपुरमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, आषाढ १०, २०८२

उदयपुर, असार ९ — उदयपुरको गाईघाटमा सञ्चालित पाँच दिने आधारभूत पत्रकारिता तालिम आइतबार  सफलतापूर्वक सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उद्योग विकास समिति, उदयपुरको समन्वयमा सञ्चालित तालिम असार ५  गतेदेखि ८  गतेसम्म त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो।

पत्रकारिता क्षेत्रमा रुचि राख्ने नवप्रवेशी तथा उत्सुक व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा जिल्लाभरका ३१ जना सहभागी थिए। तालिममा समाचार संकलन, लेखन, सम्पादन, पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रता,अन्तरवर्ताका विधि र शैली, डिजिटल पत्रकारिता र फोटो पत्रकारिताका आधारभूत पक्षहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए। नेपाल पत्रकार महासंघ, उदयपुर शाखाको सहजीकरणमा सञ्चालन भएको तालिमले सहभागीहरूलाई पत्रकारिताको व्यावहारिक ज्ञान प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

समापन समारोहमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय, उदयपुरका प्रतिनिधिहरूले पत्रकारिता राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रशिक्षित सहभागिहरूले सत्य, तथ्य र जिम्मेवार पत्रकारिता अभ्यास गर्ने विश्वास व्यक्त गरे।

पत्रकार महासंघका पूर्वअध्यक्ष इश्वर तामाङ, महेश्वर चामलिङ र कुशलबाबु बस्नेतल आफ्ना अनुभवहरु समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै तालिम संयोजक तथा पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङले तालिम पश्चान व्यवसायीक रुपमा पत्रकारिता लाग्न चाहनेहरुको लागि स्थानिय संचार माध्यमहरुमा प्रशिक्षार्थी पत्रकारको रुपमा काम गर्न महासंघले सहजीकरण गर्ने बताउनु भयो । महासंघ सदस्य शंकर रिखाम मगरको समेत उपस्तिथी रहेको कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव तुलसी प्रसाद कोइरालाले गर्नु भएको थियो

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]