१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगा नगरपालिका पूर्णखोप घोषणा

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, आषाढ ०७, २०८२

स्वास्थ्य सुरक्षाको दिगो आधार तयार गर्ने उद्देश्यका साथ त्रियुगा नगरपालिकालाइ  पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेतले  नगरपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपाना घोषणा गर्नु भएको हो ।

यो घोषणासँगै नगरपालिका अब ‘पूर्ण खोप सुनिश्चितता प्राप्त दिगो पालिकाका रूपमा औपचारिक रूपमा मान्यता पाएको  हो। यसअन्तर्गत पालिकाले खोप कार्यक्रमलाई निरन्तर, नियमित र गुणस्तरीय रूपमा सञ्चालन गर्ने जनाएको छ।

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख का अनुसार, “खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने हेतुले समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिनुभयो

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र नागरिक समाजका प्रतिनिधि,पत्रकार लगायतको उपस्तिथी रहेको थियो । नगरलाई पूर्ण खोप घोषणा संगै सहभागीहरुले प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]