१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

प्रभातफेरी र र्यालीसहित उदयपुरमा ट्राफिक सप्ताहको सुभारम्भ

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षा प्रति आम नागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरमा ट्राफिक सप्ताह सुक्रबार  बाट सुरु भएको छ ।

बिहान ७ बजे गाईघाटको पिपलचोक देखी  सुरु भई त्रियुगा बसपार्कमा  प्रभातफेरी र्याली समापन गरिएको थियो। कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख उप-प्रमुख , जिल्ला प्रमुख अधिकारी ,नेपाल ट्राफिक प्रहरी ,सुरक्षाकर्मीहरू,स्थानिय विद्यालयका विद्यार्थी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरुको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार वस्नेतले उद्घाटन मन्तव्य दिंदै सडक दुर्घटनाको दर घटाउन नागरिक सचेतना अत्यावश्यक रहेको बताउँदै ट्राफिक नियम पालनामा सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

एक हप्ता सम्म संञ्चालन हुने सप्ताह कार्यक्रमा दुर्घटना न्युनिकरण सम्बन्धि बिभिन्न सचेतना कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]