१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

दुई दिने औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सव सफलतापूर्वक सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

औद्योगिक पर्यटन प्रवर्द्धन र स्थानीय खानाको प्रवर्धन गर्ने उद्देश्यले गाईघाटमा आयोजित दुई दिने चौथो औद्योगिक महोत्सव  भव्य रुपमा सम्पन्न भएको छ। महोत्सव २०८२ असर ४ गतेदेखि सुरु भई असर ५  सम्म सञ्चालन गरिएको थियो।

महोत्सवको उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी, पर्यटन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो दिन आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरियो  जसअन्तर्गत सहभागीहरूले उद्योगको कार्य प्रणाली, उत्पादन प्रक्रिया र त्यसको आर्थिक प्रभावबारे प्रत्यक्ष जानकारी प्राप्त गरे। यसले औद्योगिक पर्यटनप्रति आम नागरिकको चासो र आकर्षण बढाएको आयोजकको भनाइ छ।

महोत्सवको दोस्रो दिन रैथाने  क्षेत्रका परम्परागत तथा विशिष्ट परिकारहरूको प्रदर्शनी तथा विक्री गरिएको थियो। स्थानीय महिलाहरूको सक्रिय सहभागितामा विविध स्वादयुक्त परिकारहरू तयार पारिएको थियो, जसले आगन्तुकहरूको मन जित्न सफल भयो।

कार्यक्रमका क्रममा स्थानीय संस्कृति झल्किने नाचगान, लोक संगीत र हस्तकला प्रदर्शनीले महोत्सवलाई झनै आकर्षक बनाएको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईले दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सवलाई उद्योगी व्यवसायीहरुको एउटा उत्सवको रुपमा लिनुपर्ने बताउनुभयो ।

महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजना तथा पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको सहयोगमा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]