१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई त्रियुगा नगरपालिका द्वारा सम्मान

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ ।

साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो ।

त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय टिममा पर्न सफल भएकी हुन । हालै सम्पन्न साफ महिला च्याम्पिअनशिपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन । नगद सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिशा नगरपालिकाको लागि खेलाडी मात्र नभएर एक तारा भएको बताउनु भयो ।

नगरपालिकाले सम्मान संगै पन्चे बाजाका साथमा उनलाई रास्ट्रीय झण्डा ओढाएर बजार परिक्रमा गराइएको थियो । सम्मान पत्र ग्रहण पछि खेलाडी कार्कीले उपाधी जित्न चुक्दा पनि हामीलाई गालीको साटो यसरी सम्मान गरिदा अझ प्रोत्साहन भएको र यसले झन खेल प्रति आत्मा बल बढाएको धाराणा व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]