१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, कार्तिक १०, २०८१

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई मोतिया बिन्दुको समस्या देखिएर अप्रेसनका लागि लहान अस्पताल रिफर गरेको छ ।

आँखा शिविरलाई उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले आँखा मानिसको सवैभन्दा संबेदनसिल अंग भएकोले अहिलेको प्रविधी युक्त युगले आँखामा संक्रमण बढाउदै गएकोले आँखा शिविरको आयोजना गरिएको बताउनु भयो । समय समयमा आँखाको चेकजाँच गरेर उपचार गरे आँखामा समस्या नआउने हुँदा सगरमाथा चौधरी अस्पताल सँग बर्षैभरी शिविर गर्ने गरि निशुल्क चेकजाँच र मोतियाबिन्दुको अप्रेसन गर्ने गरि सम्झौता गरिएकोले सवैलाई नगरपालिकाले आयोजना गरेको शिविरमा भाग लिएर सुबिधा लिन प्रमुख बस्नेतले आग्रह गर्नुभयो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]