२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

नेकपा एकिकृत समाजवादी उदयपुरको सन्देश सभा सम्पन्न

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, भाद्र ३०, २०८१

“दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ” भन्ने मूल नाराका साथ  ने कपा एकीकृत समाजवादी  उदयपुरको सन्देश सभा सुक्रबार सम्पन्न भएको छ । सभा जिल्लाको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको हो ।

एकीकृत समाजवादीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णयअनुसार कोशी प्रदेश को उदयपुरमा शुक्रवार पहिलो सन्देश सभा गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टीले लिएको नीति र कार्यक्रममार्फत मात्र समाजवादको लक्ष्यमा पुगिने बताए । कार्यक्रममा जसपा र माओवादी केन्द्रका नेता तःथा  कार्यकर्ताहरुले  पार्टी प्रवेश गरेका थिए ।

नेकपा एकीकृत समाजवादी उदयपुरका अध्यक्ष विनोद कुमार खड्काको अध्यक्षतामा भएको सो सन्देश सभामा सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा, पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी संविधानसभा सदस्य दुर्गा परियार, केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, पूर्व कोशी प्रदेशसभा सदस्य सुनिता चौधरी लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]