१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

लाखे जात्रा जनै पुर्मिमाको दिन बाट सुरू हुदै

Logo
मनोज प्रकाशित सोमबार, साउन २८, २०८१

नेवार समुदायले भब्य रुपमा मनाउने लाखे जात्रा पर्व यहि भाद्र ३ गते अर्थात जनै पुर्मिमाको  दिन सुरू हुदैछ ।

नेवारी समुदायको बाहुल्यता भएको स्थानहरूमा भब्य रूपमा मनाईने यश जात्रा उदयपुरमा समेत भब्य रूपम मनाईन्दै आएको छ ।उदयपुर सदरमुकाम गाईघाट स्थित झिगु नेवा पुच को कार्यालयबाट  मनाउने लाखे जात्राको लागि लाखे नाच, नित्य, धिमे लगायत सिकाउने काम भैरहेको झिगु नेवा पुच गाईघाटका अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार यस बर्षको गाईजात्रा अन्य बर्षहरु भन्दा पृथक हुने बताउनु भयो । अध्यक्ष श्रेष्ठले त्रियुगा नगरपालिकाका बिभिन्न वडाहरुमा लाखे नृत्यको तयारी भैरहेको भन्दै यो बर्षबाट ५ बटा लाखे निकाल्ने तयारी गरी रहेको समेत बताउनु भएको छ ।

बिगतहरुका बर्षहरुमा श्री कृष्ण जन्माष्टमी महोत्सवमा राधा कृष्ण मन्दिरको परिसरमा लाखे नाच तथा सास्कृतिक कार्यक्रम हुदै आएको भएता पनि यस बर्षबाट भने गार्ईघाट बजारमा लाखे नाच तथा सास्कृतिक कार्यक्रम गरिने भएको छ  राधा कृष्ण मन्दिरमा  अत्याधिक भिडभाड हुने र सर्वसाधारण र दर्शकहरुलाइ समस्या भएको भन्दै सहज तरीका बाट लाखे नाच कार्यक्रम सबैले हेर्न सकुन भन्ने उदेस्यले  बजारमा  कार्यक्रम गर्न खोजेको झिगु नेवापुच को कार्यालयले जानकारी दिएको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]