१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

श्रीपुरस्थित नागकुण्ड नागपोखरीमा मेला

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, साउन २५, २०८१

उदयपुरको  त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित नागकुण्ड नाग पोखरीमा आज नागपञ्चमीका दिन मेला लाग्ने भएको  छ ।

मेलालाई भव्यरुपमा सम्पन्न गर्न आयोजक वन समूहले उपभोक्तासँगको सहकार्यमा स्थानीय उत्पादनका वस्तुहरुको प्रदर्शनी गर्नुका साथै मौलिक खानेकुराको स्टलसमेत राख्ने तयारी गरेकोृ छ । समूहका अध्यक्ष दीपक बान्तवाका अनुसार सो ठाउँलाई त्रियुगा नगरपालिकाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्दै अघि बढाउने योजना पनि वन समूहले गरेको छ ।

प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न  वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।नाग पोखरी निर्माण गरेदेखि नै त्यहाँ वर्षेनी नाग पञ्चमीका दिन मेला आयोजना गरिदै आएको अध्यक्ष बान्तवाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]