११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, साउन १७, २०८१

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत भएको छ।उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ।

बिगतमा सबै दायित्व कटारी नगर र दाताहरुबाट हुदै आइरहेकोमा अब सबै दायित्व प्रदेश सरकारको हुने भए पछि अस्पताल सुबिधा सम्पन्न हुने छ।प्रदेश अस्पताल बनाउन लामो समय देखि लागि परेका नेपाली काङ्ग्रेसक युवा नेता एबम प्रदेश सदस्य रामकुमार खत्रीले सरकारको उक्त निर्णयले कटारीका बासिन्दाहरुले अब प्रभाबकारी स्वास्थ सेवा पाउने बताए ।

अब अस्पताल सन्चालन प्रदेश सरकार बाट हुने भए पछी स्थानिय बासिन्दाले सबै सेवाहरु सुलभ र सरल किसिमले पाउने छ्न ।उनले भने ।लामो समय आफु लगायत कटारीका बासिन्दा , अन्य राजनीति दलका नेता कार्यकर्ता , ब्यापारी बुद्धिजिबिको प्रयास पछि नगरअस्पताललाई प्रदेश अस्पताल बनाउन सफल भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]