२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन ०७, २०८१

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा एमालेले त्रियुगा नगरपालिका ७ नं वडा को पुष्पबाटिका परिसरमा बृक्षारोपन गरेको छ।वृक्षरोपण  एमाले त्रियुगा नगर कमिटी र युवा संघको आयोजनामा गरिएको हो  ।

बृक्षारोपनमा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार  उप-मेयर महेश्वरी राई सहित कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरू, नगर तथा वडाका जनप्रतिनिधि, व्यवसायी र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

बृक्षारोपन सँगै उपसभामुख दनुवारले पुष्पलालको बाटोमा हिँड्नसके कम्युनिष्टहरु सच्चा कम्युनिस्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने भन्दै  देश र जनता रक्षा गर्नुमा पुष्पलालको ठुलो भुमिका रहेकोबताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]