१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

त्रियुगाले २०८०/०८१ को तुलनामा दोब्बर बढाएर बजेट ल्याए

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, आषाढ ११, २०८१

त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को १३ औं अधिबेशनमा उप- मेयर महेश्वरी राईले नगरसभामा  सोमबार प्रस्तुत गरेकी हुन् ।

त्रियुगाले चालु आर्थिक बर्ष २०८०/०८१ को तुलनामा आगामी बर्ष को लागि दोब्बर बढाएर बजेट ल्याएको हो ।चालु आर्थिक बर्षमा त्रियुगाको बजेट संशोधन सहित १ अरब ४ करोड ७५ लाख ४४ हजार ८ सय ९२ रुपैया रहेको थियोे ।आगामी आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्च तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुजीगत तर्फ ६८ करोड ३६ लाख २ हजार बजेट बिनियोजित गरीएको छ। त्रियुगाका मेयर बसन्त बस्नेतले चालु आर्थिक बर्ष २०८०/०८१ को निती तथा कार्यक्रमको प्रगतिको बारे जानकारी गराएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]