१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

सिन्धुलीमा मोटरसाइकल दुर्घटना

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

आज बिहान  सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।स १० प ३९०९ नम्बर को मोटरसाइकल र  प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकल  एक आपसमा ठोकिंदा  दुवैजना अनियन्त्रित भइ सडकबाट १० फिट तल खेतमा खसेका थिए ।

बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था मा  कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— त्रियुगा नगरपालिका गाईघाट स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरूमा मंगलबार  जेनजी प्रदर्शनकारी समूहले तोडफोड र आगजनी गरेको छ। प्रदर्शनकारीको भीडले पहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा ढुंगामुढा गर्दै भवनका मुलगेट सिसा र फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू संगमटोलमा  रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ पुगेका थिए। सो क्रममा […]