१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुँदै

Logo
पब्लिक समाचार प्रकाशित शुक्रबार, माघ १२, २०८०

उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ ।

महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने  त्रियुगा उद्योग वाणिज्य संघका  अध्यक्ष रमेश रसाईलीले बताए ।‘उद्योग वाणिज्य संघले विभिन्न समय यहाँको उद्योग, व्यापार, कृषि एवं पर्यटनलगायत क्षेत्रको प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरतास्वरूप संघले महोत्सव आयोजना गर्दै छ ।’महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवले पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रसाइलीको भनाइ छ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक वस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडीबुटी तथा पर्यटन एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ । महोत्सवमा विभिन्न जिल्लाबाट विभिन्न व्यापारिक स्टल रहने संघको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]